गजल
कसैको निम्ति आफ्नो मुटू दुखाउदिन अब!!
भिख माग्दै मायाँको शिर झुकाउदिन अब!!
आफु भरिपूर्ण भयपछी मेरो के वास्ता गर्थ्यो!
जे -जे भयो अतित खोल्छु लुकाउदिन अब!!
जब अत्याचार हुन्छ मर्नुको कुनै डर हुदैन!!
लगाउँनु छ निसाना हेर्नोस चुकाउदिन अब!!
पानी घोलेर जहर पठाउँछ यार उस्ले त मलाई!
कुन जुनीको बद्ला छ यस्तै छुटाउँदिन अब!!
मायामा सम्बन्ध तोड्न खोज्नेलाई के भनौ!!
जता जान्छ जावस् मन मुटु सुकाउदिन अब!!
गजल 2
सुने खबर आज के चल्दैछ घरवार तिम्रो!!
भुलेर सबकुच त्यो भयछ कति हतार तिम्रो!!
मजबुरीमा छोडेको थिएँ मैले त तेती खेर!!
बिहे गर्छ्यौ सोचेन मुटु रहेछ दिलदार तिम्रो!!
मैले त आफ्नो अङ्ग अङ्ग बेचेको थिएँ यहाँ!!
बनाउँछु भनेर खुशीको एउटा संसार तिम्रो!!
धोका दिनुको पनि एउटा लिमिट हुन्छ यार!!
ब्याइफ्रेन्ड पनि हुँदा रहेछन् दुई चार तिम्रो!!
उपहारमा के चाहिन्छ तोकेर भन मलाई!!
छोड्दिन्छु म संसार चाहिदैन आधार तिम्रो!!
तिमीले आफ्नो परिबाटी बन्दोबस्त बनायौ!!
खुशी रहनु हाँसी रहनु म बन्दैन भार तिम्रो!!
मुटु चुडालेर लैजाऊ चाहिन्छ भने जिन्दगीमा!
म देखिने छैन नजरमा कहिले वारपार तिम्रो!!
गजल 3
मदिरा के भेटेथ्यो उसले त पानी बिर्सियो!!
भट्टिमै आफ्ना साँना साना नानी बिर्सियो!!
कति सान झार्छ यार उसले त्यो भट्टिमा!!
ढिँडो सिस्नु खाएको जिन्दगानी बिर्सियो!!
बा छोड्दियो आमा छोड्दियो आश्रममा!!
खोजेर ती पाइँदैनन् जानीजानी बिर्सियो!!
हिँजो छोरा जन्माए बुढेसकालको सहारा!!
बाँचेका छन् उनी साँस तानी तानी बिर्सियो!
भट्टिमै जिन्दगी बित्ला सोचिदियो उति खेर!
हुने छ एक दिन ईज्जतको हानी बिर्सियो!!
छोरा जन्मिनुको कर्तव्य नबुझे पछि छोराले!
सराप्छन् बा आमाले के के मनमानी बिर्सियो!
भगवान मन्दिरमा हुदैन पुज्न जानेपछी यहाँ!
राखेर आमा बालाई के पाउँला ठानी बिर्सियो!
सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर