Wednesday, 13 December 2017

गजल
टुक्याएर मुटु घरिघरि जिउनु छैन मलाई
भएर तिम्रो वरिपरि जिउनु छैन मलाई

तिमी पनि भएनौभने अब तन मनमा मेरो
सजाएर सपना थरिथरी जिउनु छैन मलाई

चोखो माया गर्दागर्दै चोट मात्र दिन्छौभने
पिरतीको सागर तरि जिउनु छैन मलाई

सक्ने भए हृदयबाट साथ छाडी देउ बरु
तिम्रो सम्झनामा मरिमरि जिउनु छैन मलाई
घनश्याम अधिकारी
स्वर्गद्वारी नगरपालिका ८ बर्जिवाङ् प्युठान
हाल:-बिरानो मुलुक चेन्नै"भारत"

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...