Wednesday, 13 December 2017

कविता
खुसि कम त पीडा धेरै भएकाे बखतमा
कसैलाई शून्य लाग्छ याे सारा जगतमा
के बुन्थ्याे हाेला र मात्रै सपनाकाे छानाे
र भर छैन अब काे अाफ्नाे काे बिरानाे

राम्रो  नराम्रो जे  जस्तो  गरेनि उस्तै छ
मर्नु न बाँच्नुकाे दाेधारमा परे जस्तै छ
यहाँ जन्मेर धर्ती मा केही गर्छु भनेर
भन्दैमा नहुदाे रहेछ अघि सर्छु भनेर

साच्चै याे दुनियाँमा गाह्रो छ जीउन
यहाँ फाटेकाे मनलाई साह्रो छ सिउन
भाग्य नै खाेटाे रहेछ भनी दाेस दिन्छन
बाँचेर जिन्दगीमा न सुखि न खुसि हुन्छन
@Zeeten Kunwar
## जितेन कुवँर
ब्यास गाउँपालिका ४ सुन्सेरा ( दार्चुला )
हाल काठमाडौं ( बानेश्वर )

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...