Wednesday, 13 December 2017

गजल

मख्खै नपर्नु तिमी लुगा गहना लगाएर
लक्ष्मी हुन मात्र घरै हेर अब सजाएर

बिउँझ अबेर नगर अमुल्य जीवन याे
बिबेकले भ्यासम्म याेग्यता देखाएर

नखाेज्जु पुरूषले पनि ईज्जत खाली
महिलाकाे गहना र लुगामा अाैंल्याएर

मनस्थिति बनाउनु फराकिलाे ल धेरै
कमजाेर नसम्झिनु उपहास बनाएर

दुनियाँमा ल्याउने र दुनियाँ  पढाउने
अाखिर उनकाे कदर गर है  हसाएर
भावना मन्जु
झापा

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...