गजल
हरेक मत शक्तिशाली हुन्छ
डर धम्की दिए त जालि हुन्छ
मतदान गरे ,हाेलान जनताले
अब बिकास नगरे गालि हुन्छ
ठुला अाश्वासन बाड्दै हिन्दा
केवल वचन मात्रै फालि हुन्छ
अाफ्नाे मात्रै पेट भर्छन नेताहरु
र त देशकाे ढुकुटी खालि हुन्छ
राम्रो नराम्रो कसलाई भन्ने यहाँ
सच्चा ब्यक्ति त यसपालि हुन्छ
@@@ जितेन कुवँर
ब्यास गाउपालिका ४ सुन्सेुरा ( दार्चुला )
हाल काठमाडौं
No comments:
Post a Comment