Wednesday, 13 December 2017

गजल

पुरुषहरू परदेश धाएर बिग्रीयो नेपाल
महिलाहरू चरेस खाएर बिग्रीयो नेपाल

थियो गुजारा चल्दै चुलामा आगो बोल्दै
शुख खोज्दै विदेस आएर बिग्रीयो नेपाल

अनेक सपना देखाउदै भाषण गर्छन् नेता
त्यसैको पछि पछि लाएर बिग्रीयो नेपाल

देश बनाउने केही आएन चोरहरू आएर
हो बारम्बार धोका पाएर बिग्रियो नेपाल

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...