Thursday, 28 December 2017

गजल
आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार
ओहो सकिएला कि भन्ने डर पनि छैन यार   

धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे
निन्द्रा बेचेर रोग किन्ने रहर पनि छैन यार 

हेरे देखे बुझे थरीथरीथरीका मान्छेहरु मैले
उहि खासको भन्दा अरुको भर पनि छैन यार 

हुँदा आफ्नै नहुँदा दुश्मन हुन्छ्न  आफ्नाहरु
यतिको उग्र बिषालु त जहर पनि  छैन यार

दूध पिएर विष वमन गर्नेहरुको जमात देखें
दुष्टसँग के मित्रता गाँस्नु कर पनि छैन यार

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...