गजल
आकाशमा तारा खस्दापनि तिमिलाइ मागेछु
पुजा गर्न मन्दिर पस्दापनि तिमिलाइ मागेछु
अँखा चिम्म गर मनको इच्छा माग भन्छन
साथी भाइ सङ्ग बस्दापनि तिमिलाई मागेछु
मन मुटुमा अर्कै राखी घाति सम्झौता गरियो
बिहेमा लगनगाठो कस्दापनी तिमिलाइ मागेछु
यति सम्म कठिन परिस्थिति अगाल्न पुँगे की
सुहागरातमा ओठ डस्दापनि तिमिलाइ मागेछु
बैरागी माईला
No comments:
Post a Comment