गजल
पूरा गर चाहा मेरा भन्दै पूजा गरेकीँ हुँ
त्यसैले त मन्दिरभित्र फूल अक्षता छरेकी हुँ
दु:ख गरे सुख हुन्छ भन्ने मैले सुनेर नै
हातनङ्ग्रा खियाउन सात समुन्द्र तरेकी हुँ
शुद्ध पानी पिए भन्दै विष दिए आफन्तले
सोचेँ मैले करुवामा शुद्ध पानी भरेकी हुँ
आफन्तको विश्वास अनि भरोसाले गर्दाखरी
आज हेर भेल बाढीको मझधारमा परेकी हुँ
देव मलाई हिम्मत देऊ खुट्टा तान्नेसँग जुध्न
होइन भने भन तिम्रो लागि कैले मरेकी हुँ
शारदा पौडेल
चितवन
No comments:
Post a Comment