Wednesday, 13 December 2017

गजल

कलमको  अगाडि   तरवारको के काम ?
झुप्रोमा गुजारा चले  दरबारको के काम ?

मरुभूमिमा पसिना पोख्दै पेट पाल्ने लाई !
भ्रष्टाचारी नेताको त्यो सरकारको के काम ?

भोट माग्न देखाउछन् अनेकौं सपनाहरू !
आश्वासन मात्र देखाउने गद्दारको के काम?

देश चलाउनुको साटो तेरो मेरो पार्टी भन्दै!
कुर्सीको लागि गरिने मारमारको के काम ?

दुर्गम बस्तीमा केही पनि खबर पुग्दैन भने !
पत्रिकामा छापिएको समचारको के काम?

कैलाश भट्ट डोटी

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...