Thursday, 28 December 2017

गजल

खुकुरिले   धावा  बोल्यो   दाप    बाट
कलमले  बिद्रोह  गर्यो   रामेछाप बाट

आक्रमण हुन सक्छ छापामार शैलीमा
कस्तो प्रतिक्रिया आउने हो  साप  बाट

रोक्न सक्छ बैरीले  पानीको मुहानहरु
सुक्ला पानी  सगरमाथाको   काप बाट

हुन त म सानो आगाको झिल्को मात्रै हुँ
ज्वाला दन्किन सक्छ आगोको राप बाट

हल्ला सुन्छु सिमानामा सिमा मिच्दै छ रे
कुनहो खम्बा थाहापाउनेछ मेरो नाप बाट

हिन्दुस्तानि हुँ भन्छौं उल्टो ब्यवहार गर्छौ
प्रयश्चित गर बरु मुक्ती पाउनेछौ पाप बाट

बैरागी माईला

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...