Thursday, 28 December 2017

गजल
                   
                   
खायो यो देश केवल आलो पालोले खायो
कहिले गोरोले त कहिले कालोले खायो

जुका त ढाडिए खस्छ अहँ यी खस्दैनन
अघाए आफू अनि जेठान सालोले खायो

कुँडे रित्तिएपछि सोध्यो कसैले खै त दुध
क्या सजिलो जवाफ छ बिरालोले खायो

ध्वस्तै पारेर सकेजतिको सम्पूर्ण सम्पति
भन्दिए भैगो त त्यो पनि भूइंचालोले खायो

भुल्न हुँदैन है पहिलेका कुरा ख्याल गरिराख
कहिले रामचन्द्र कहिले प्रचण्डको गालोले खायो

            पिताम्बर गौतम प्रकट  
                         पोखरा

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...