गजल
अचेल जिन्दगी उजाड भएकोछ बगर भएकोछ ।
न्यायको निम्ति लड्दा लड्दै आफ्नै मन पत्थर भएकोछ।
देख्छु जताततै पीडा भैदियो कठिन छ न्याय पाउनै
ती गाउँका झुपडीमा पनि कल्पनाका शिखर भएकोछ।
च्यातिएको पातहरू लिएर टपरी खिल्छे अम्बू सधैं
आफ्नै दिलमा भत्किएको सपनाका लस्कर भएकोछ।
दुख त त्यहाँ लाग्छ जो रातदिन छट्पटाएको देख्दा
मनले भन्छ सरकार गार्जेन भन्दा जहर भएकोछ ।
तिमी पनि त्यै दुखमा मलम लगाउँदै खोज सन्तुष्टि
गर्वले भन्न सकुँ तिम्रो मेरो एकै सफर भएकोछ।
Karki Amu Ambika
अम्बिका कार्की अमु
सर्लाही वाग्मती नपा
हाल चितवन भरतपुर
No comments:
Post a Comment