Thursday, 28 December 2017

गजल

यही भाग्य कसोरी,कोरीन्छ सधैँ
किन खै  मन यो,निचोरीन्छ सधैँ

सहेँ चोट मिलेका, अचानो बनेर
मनमा पीडा झन,दोहोरीन्छ सधैँ

घुमायौ की घुम्यौ, इशरा गरिदेउ
फूल माथी भमरा, घोरीन्छ सधैँ

भिखारी रमाउला, त्यो तव मात्रै
भोकमा हात-मुख, जोरीन्छ सधैँ

हे दैव!आफ्नो इच्छा,सुनाई जाउ
किन मन बेहाल भइ,डोरीन्छ सधैँ

             दया राम
       चितवन ७भरतपुर

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...