Wednesday, 13 December 2017

गजल,,

लेख्न त मैले गजल लेख्या हो !
अाफ्नै दुःखित पल लेख्या हो !

थिचोमिचो सहेर बस्न बिवस म,
अरुले दिएको दखल लेख्या हो !

कथा कवीतामा पोख्छन् पीडा,
शेर गजल अाजकल लेख्या हो !!

खै कहिले हुन्छ चमत्कार देशमा,
गरिबका पीडा अटल लेख्या हो !

कहीं डाँडापाखा कहीं घुम्ती भिर,
यस्तै जिन्दगी दलदल लेख्या हो !!

दङ्गाली तारा समर्पण
तुलसीपुर,दाङ ।

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...