Wednesday, 13 December 2017

गजल

सजिव मान्छकाे अजिब काहानीले भरिएकाे सारा
साेही अनुसार लगाउँछन् दुनियाँमा साँच्चै नै नारा

मानसिक दबाबमा जाे व्यथित भएकाे छ हेर्नू छैन
अाफ्नै सुख सयलमा बसी गन्छन् गगनका तारा

अाफ्नै खुनले लत्याउँछ के कुरा र हजुर पराईकाे
जब अशक्त हुन्छ ठाेक्छ कुलेलाम यस्ताे छ पारा

अयोग्य हैन सुयाेग्य कै छ चर्तिकाला यहाँ देख्छु
दाजु-भाइ अापसमा लड्छन्, छन् धेरै भाइ मारा

बिना गल्तीनै डराई बस्छ निर्धाे अनि ईमान्दारी
बिर्सिन्छ याेग्य बनाउने जन्मदाताकाे अभिभारा

भावना मन्जु
झापा

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...