_____________गजल______________
धनिलाई धनकै चिन्ता, चोरी होला भन्ने डर!
गरिबलाई केवल दैव अघोरी होला भन्ने डर!
चुनाव अगावै शोक मग्न देखिए आसाहरु,
राजनीतिक भविस्य फोहोरी होला भन्ने डर!
हरियो वन नेपालको धन उखान मात्रै भो,
सारा जङ्गल विस्तारै खोरी होला भन्ने डर!
युवा शक्ती बिदेसिए पछि के गरुन् बुढाले,
बाजै छ खेत,बारी सवै ठोरी होला भन्ने डर!
प्यासी छ शहर पिउने पानीको अभावमा,
मेलम्ची आउने कुरोनि लोरि होला भन्ने डर!
ठोरी=पर्सा जिल्लाको प्रसिद्ध जङ्गल
s.k.
"काभ्रे पाँचखाल"
No comments:
Post a Comment