गजल
हो जिवन सहज बन्छ, आफन्तको साथ भएपछि।
तर निल्नु न ओकल्नु हुन्छ, पीडाको खात भएपछि।
धेरै मिलन भयो भने, बिछोड हुन्छ भन्छन् मान्छे;
तर बिछोड हुँदोरहेछ, मुटु छेड्ने बात भएपछि।
फूल पनि मजधारमा, हुँदोरहेछ कहिले काँही ;
लोभी भमराको बथान भएपछि, जमात भएपछि।
पर्ने छैन अब मलाई, जीवन भर दुःख कष्ट केहि ;
जीवन सहज हुन्छ, सहारा त्यो तिम्रो हात भएपछि।
समय काट्नै गार्हो हुने "तारा" गन्दैमा ती आकाशका;
बिल्कुल एक्लो अनि, निस्पट्ट अँध्यारो रात भएपछि।
तारा शर्मा
भरतपुर चितवन
No comments:
Post a Comment