गजल
हर साझा बिहान आमा छोरो सम्झि नरूनेहै
आखाभरी आसूपार्दै मेरो तस्बिर नछूनूहै
बहिनी भन्ली खोइत दाजू भाइको रून्चेमूख
दूबैलाइ काखमा राखी आसूले गह नधूनूहै
तल्लो घरको साइलो दाइ फर्कदैछ यसैपाली
मेरो छोरा किन आइनस भनि दूखी नहूनूहै
मरुभूमि ठाउ छ उस्तै चर्को काम हून्छ
दुःख हुन्छ परदेशमा अरूको कुरा नसून्नूहै
सीताराम खड्का रामेछाप हाल भारत
No comments:
Post a Comment