
Saturday, 28 October 2017
गजल.....!!!!!!
मलामीको हातमा एउटा काँटी सलाई दिनू
तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू
यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ
अर्को जुनी पाएँ भने तिम्रो दुख मलाई दिनू
अाफन्तले दोस्रो विहे गर् भनी कर गरे भने
तिमी अाफ्नो विहेको कुरा अाफै चलाइ दिनू
काँचको साइनो रै'छ हाम्रो धेरै टिक्न सकेन
तर नयाँ साथीको निम्ति फूलझैँ पलाइ दिनू
मेरो यादमा नरुनु हाँसी खुसी जीवन बितोस्
मेरो बारेमा सोधिहाले भने हृदय गलाइ दिनू

Subscribe to:
Post Comments (Atom)
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जु...
-
मुक्तक मिल्दैन बिचार आफ्नो त घरमा पुरानै संस्कार आफ्नो त घरमा। फेरि त्यै पिउने पिलाउने कुरा त्यो चल्दैन यार आफ्नो त घरमा।। ए.पि नेपाल...
No comments:
Post a Comment