गजल
देखाउनु छैन ईमान्दारी बेइमानी भन्छन्!!
यसरी त चल्दैन तेरो जिन्दगानी भन्छन्!!
मैले गरेका आफ्ना यथार्थ कुरालाई पनि!
कस्तो सुनाउछौ तिमीले कहानी भन्छन्!!
मान सम्मान दिएकै थिएँ मैलेपनि उनलाई!
सम्बन्ध जोडेर त संग भयो हानी भन्छन्!!
के कजोरी छ म संग भन महासय हरुले!!
सम्बन्ध बिच्छेद गर्छ जानी जानी भन्छन्!!
आफु सधैं दौडेकोछु उस्का लागि कताकता!
भयन रे खुशी अझैं गर्छ आनाकानी भन्छन्!!
सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर
No comments:
Post a Comment