गजल
जिन्दगी बित्यो यो कस्तो उल्झनमा।
जस्तो कहानी थियो मुना मदनमा।
बिदेशियौ तिमी थियो होला बाध्यता।
चाहेर पनि भुल्न सकिएन जीवनमा।
बिवशताले टाढा हुन पुग्यौँ त के भो।
तिम्रै मात्र प्रतिबिम्ब छ यो धड्कनमा।
दवाबमा बाँच्नु पर्दा पिडा हुँदोरहेछ।
आफ्नै जीवन छैन आफ्नो खटनमा।
कदापि चुम्न सक्दैन चाँदले 'तारा'लाई
किन पोख्नु रिस बिचरो त्यो गगनमा।
Taraa Sharma
तारा शर्मा
भरतपुर चितवन
No comments:
Post a Comment