Thursday, 28 December 2017

गजल
आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार
ओहो सकिएला कि भन्ने डर पनि छैन यार   

धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे
निन्द्रा बेचेर रोग किन्ने रहर पनि छैन यार 

हेरे देखे बुझे थरीथरीथरीका मान्छेहरु मैले
उहि खासको भन्दा अरुको भर पनि छैन यार 

हुँदा आफ्नै नहुँदा दुश्मन हुन्छ्न  आफ्नाहरु
यतिको उग्र बिषालु त जहर पनि  छैन यार

दूध पिएर विष वमन गर्नेहरुको जमात देखें
दुष्टसँग के मित्रता गाँस्नु कर पनि छैन यार

कबिता:
पहिलोपटक कोरेको कबिता कस्तो बन्यौ।गुरुहरुको भरपूर सुझावको आशा गर्दछु

"जिउँदो मसान"

त्यो
सुनसान,
कहालीलाग्दो,
खतरनाक बन्यजन्तु
बाघ भालु गैडा हात्तीबाट
त्रसित भई,
गास वास र कपासको जोहो गर्न,
वारि मानव बस्तीमा छिरेका
शरणार्थी मसानहरु
आज यस बस्तीमा
राज गरिरहेका छन,
बस्तीले
बास दियो
गाँस दियो
ईज्जत् दियो
मान सम्मान मर्यादा,
संस्कृती सबथोक सिकायो
तर पनि उनीहरू
पटक्कै सन्तुष्ट हुन सकेनन,

अब
अधिकार चाहियो रे,
जातीय राज्य चाहियो रे,
जातीय पहिचान चाहियो रे,
सिमाङ्कन चाहियो
भन्दै
ठुलो संख्यामा
लामबद्ध भएर
हातमा आगोको मुस्लो,
खोडा,तरवार,भाला बन्दुक बोकेर
चर्को नारा घन्काउदै,
क्रान्तिकारी रुपमा
आन्दोलन गरिरहेका छन,
कहिले मानिस मारेका छन,
कहिले बाटो बन्द गरेका छन,
पूरा बस्ती भरी
अशान्त पारिरहेका छन,
तिनै मसानघाटबाट
वस्ति छिरेका जिउँदो मसानहरु

आऊ
बस्तीका सारा दाजुभाइ दिदीबहिनीहरु,
हातमा हात मिलाउ,
काँधमा काँध मिलाउ,
हाम्रो सुन्दर शान्त बस्तीबाट
ती शरणार्थी भुत पिचास,
मसानहरु लखेटौ।
अनि सुन्दर शान्त र नमुना बस्तीको
परिकल्पना गरौ।

आनन्द परियार
स्याङ्जा बहाकोट ७

मुक्तक
सधै भरी यसै गरि हास्नुपर्छ तिमिले ।
मनका कुरा गाठो परि साच्नुपर्छ तिमिले ।।
म हुला या नहुला तिम्रो साथमा सानू ।
एक्लै भएनी मेरै यादमा बाच्नुपर्छ तिमिले ।।
     
             किस्मस थापा
             लम्की चुहा १ लम्की कैलाली

धेरै दिन पछि पहिलेकै मुक्तक

पिर  हरु  यति.. छन! मुटु  भित्रै छन
नसोध्नुस कति छन?? मुटु भित्रै छन
दुनियाँ सुखदुःखको बढाइचढाइ गर्छ
म, संग जे- जति  छन! मुटु भित्रै छन
                              डिल्ली चन्द (ठकुरी)
                                          जाजरकोट

मुक्तक  
   जुत्ता लगाएर नै ठुलाबडा मन्दिर पसेको छ
   जस्ले बनायो मुर्ति उसैको आँसु खसेको छ
   दिएनन् पस्न मन्दिरमा,सम्मान गरिनुपथ्यो..
   तँ सानो जात भन्दै ठुलाले डस्नु डसेको छ ।।

       यदु-रिजाल
           झापा ।।

_____________गजल______________
धनिलाई धनकै चिन्ता, चोरी होला भन्ने डर!
गरिबलाई केवल दैव अघोरी होला भन्ने डर!

चुनाव अगावै  शोक  मग्न देखिए आसाहरु,
राजनीतिक भविस्य फोहोरी होला भन्ने डर!

हरियो वन नेपालको  धन  उखान मात्रै  भो,
सारा  जङ्गल  विस्तारै खोरी होला भन्ने डर!

युवा शक्ती बिदेसिए पछि  के  गरुन्  बुढाले,
बाजै छ खेत,बारी सवै ठोरी होला भन्ने डर!

प्यासी  छ  शहर  पिउने पानीको अभावमा,
मेलम्ची आउने कुरोनि लोरि होला भन्ने डर!

ठोरी=पर्सा जिल्लाको प्रसिद्ध जङ्गल
s.k.
"काभ्रे पाँचखाल"

मुक्तक

ठन्डिमा पनि किन बरफ  खोज्छन् मान्छे
मनको दाग मेटाउन सरफ खोज्छन् मान्छे
बुझ पचाइ होकि साच्चै बुझ्न नसकेका के
दिदा दिदै पनि अर्थ हरफ खोज्छन्  मान्छे

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...