Saturday, 28 October 2017

गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जुनी पाएँ भने तिम्रो दुख मलाई दिनू अाफन्तले दोस्रो विहे गर् भनी कर गरे भने तिमी अाफ्नो विहेको कुरा अाफै चलाइ दिनू काँचको साइनो रै'छ हाम्रो धेरै टिक्न सकेन तर नयाँ साथीको निम्ति फूलझैँ पलाइ दिनू मेरो यादमा नरुनु हाँसी खुसी जीवन बितोस् मेरो बारेमा सोधिहाले भने हृदय गलाइ दिनू

Tuesday, 24 October 2017

गजल केही आसै आसमा जिन्दगी हरायो जसरी सागर सम्म पुगेर नदि हरायो भोक रोग शोक के हो कर्णालीलाई था छ कसरी भनिरहेछ सरकार गरिबी हरायो म भित्ता मा हेरेर तिम्रो तस्बिर नियाल्छु तिम्रो त आफ्नै मनको डायरी हरायो हिजो सम्म चेहेरामा खुसी देखिन्थ्यो आज त ओठको मुस्कान पनि हरायो मेरी प्रीया हराए जस्तै भएको छ बर्षौ अघि उनले दिएको मखमली हरायो रोहित शाही ठकुरी
गजल ==== आजकाल् यस्तो गद्दारि बढेको देख्छु मानव बाटै मानवता हटेको देख्छु कत्ति सम्म निर्दयी छ दुनियाँ अचेल् छोरा खान्छ बाउ भोकै बसेको देख्छु आफ्नो बिरानो चिन्दैन पापी धनले तेरो मेरो भन्दै भाईभाई लडेको देख्छु कस्तो चलन पिरतिको सकिएन बुझ्न मायाले नै मायालाई छलेको देख्छु नगर्नु बिश्वास कसैले कसैलाई हजुर आफन्त बाटै आफन्त ठगेको देख्छु बिकेन्द्र सहयात्री ओखलढुंगा
गजल . तिङसे तिङरी थुर्बा माया लाआखाम्जी ङाई केवा² एलान पाङसी ग्रान चाआखाम्जी ङाई . तिन्मा छ्याम्नोन ब्राबा नाम्साबासे म्राङबा मुला फेमा तिनी ए ङा ग्याम घुङरी नाआखाम्जी ङाई . आम्राङ्बासेन म्राङना, शत्रु बैरी झम्मन नेना लनी दिनी दोसी छ्याम ताआखाम्जी ङाई . म्लेबा आरे अझन, तिङ्ला कुनी कुनीरी मुला ए एदान डान्सी छ्योङबा चु तिङ थाआखाम्जी ङाई . चाहाना लामा नगरकोट/ माल्दिभस
गजल म जतिपल्ट खसें आफै उभिएँ बाँच्नको लागि तिमीलाई न भुलेँ न सम्झिएँ बाँच्नको लागि सराब मृत्युको बाटो हो सराब नपिउनू यार मैले त पिएँ केबल पिएँ बाँच्नको लागि जिन्दगी कम्तिमा पनि बाँच्नको लागि हो त्यसैले मैले जिन्दगी बेचिदिएँ बाँच्नको लागि घरको छानोबाट घाम चुहिन्थ्यो पानी चुहिन्थ्यो लौ सुन्नुहोस् म यसरी विदेशिएँ बाँच्नको लागि काशिराम बजगाई लम्की कैलाली
गजल तिमीले दिएको चोटको असर अझै छ। जिन्दगी पाउने यो मुटुमा रहर अझै छ। सुनसान अन्धकारमा एक्लो यात्री म। गन्तव्य बिहिन मेरो यो सफर अझै छ। तिमीले मैले सजाएको सुन्दर सपना। छाती भित्र, तिम्रो खाली घर अझै छ। हामीले बिताएका जीवन खुशीयाली। हो चौतारीमा बसेको पत्थर अझै छ। किन खै तिम्रो मन पनि पत्थर बनेर। मणि निस्केन मुखबाट जहर अझै छ।
गजल अघि बढ्न खोज्छु भिर अाउँछ अाखै अघि तिम्रो तस्बिर अाउँछ म पत्थर हो ढोग्दै ढोग्दिन भन्छु फेरि पाइलै पिच्छे मन्दिर अाउछ हत्या गरेकै हुनुपर्छ पैतला भेटियो खोज पक्कै कतै तिर शिर अाउछ खालि पेट हुदा कतै पानी भेटिदैन अघाएको बेला चाहिँ खिर अाउछ यो साल गयो त के भयो अाखिर हाम्रो लागि अर्को मङ्सिर अाउछ लक्ष्मी श्रेष्ठ क्षत्रपा 2 दोलखा
गजल म कसरी पोखु पीडा मन भित्र लुकेको छ न हाँसेको मृतआत्मा तिम्रै सामु झुकेको छ रहर होइन बाध्यताको दास बन्दा खेरी हाड जस्तै मासु छाला नैनिताल सुकेको छ आफै आफै सोच्ने गर्छु आफ्नै मनलाइ शान्त गर्छु म त के हुँ मेरो देश सोकाकुलमा डुबेको छ खण्ड खण्ड धुजा भुजा भइ सक्यो नेपाल दर्ता गरौ देश बनाउन क-कस्को नाम छुटेको छ निको छैन जताततै कुन्नी किन आज भोलि प्रभात सँगै उनको पनि हाँसो खुशी लुटेको छ सिदराज जोशी जोशीपुर१कैलाली २०७३/१२/१६
गजल जताततैँ आज भोलि भोकै देखिन्छन , गरिब अनि अपाङ् रोएकै देखिन्छन , कहिले देखि बिकास निमाँण गछौ ए सरकार , गाउ बस्ति अझै पनि शोकै देखिन्छन , एउटा गाउमा के भयो सोध्दा अचेल , पहिला आश्वासन दिने नेता अब अकै देखिन्छन , ठुलठुला भाषणमा असहमति रैछ कि भन्दै , त्यहा पनि सबभन्दा अगाडि गएकै देखिन्छन , जितेपछि जनताको घर-घरमा जानु भयो कि सोध्दा , भन्छन जनता आजभोलि लेकै देखिन्छन , हानेँ हुनकि बिजेता हुन यसो हेदाँ खेरि , मुखै भरि रङ दलेर जितेकै देखिन्छन ।।। Maa Hee Chand kailali
मुक्तक तिम्रो लागि मेरो सिउदो खाली राख भन्दै साँझ ढल्यो एउटा दियो बाली राख भन्दै छुटाउनेर अनि फुटाउनेको भिड छन्न हेर जतन गरि आफ्नो मनलाई टाली राख भन्दै उर्मिला मल्ल ठकुरी सिन्धुलीयन कान्छी
गजल जब तिम्रो जवानीमा परे मेरा आँखा, तब तिमी तिरै बसाइँ सरे मेरा आँखा । फक्रिएको फूलतिम्रो कुनाकाप्चा तिर खोज्दै, शिर देखी पाऊ सम्म झरे मेर आँखा । दुईटै आँखा लोभी मेरा,तर तिम्रो अंग एउटा, भाग नपुगेर लडाईं गरे मेरा आँखा । यस्तो गर्नुहुन्न भनी सम्झाउन खोज्दाखेरी, उल्टै मलाई पो आँखा तरे मेरा आँखा । यौबनको छाल तिम्रो नानीभित्र छल्किदिँदा, पक्कै पनि निदाउँदैनन् भरे मेरा आँखा । धनराज पाण्डेय अभागी कान्छो टिकापुर कैलाली 9730422948

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...