Tuesday, 24 October 2017

गजल जब तिम्रो जवानीमा परे मेरा आँखा, तब तिमी तिरै बसाइँ सरे मेरा आँखा । फक्रिएको फूलतिम्रो कुनाकाप्चा तिर खोज्दै, शिर देखी पाऊ सम्म झरे मेर आँखा । दुईटै आँखा लोभी मेरा,तर तिम्रो अंग एउटा, भाग नपुगेर लडाईं गरे मेरा आँखा । यस्तो गर्नुहुन्न भनी सम्झाउन खोज्दाखेरी, उल्टै मलाई पो आँखा तरे मेरा आँखा । यौबनको छाल तिम्रो नानीभित्र छल्किदिँदा, पक्कै पनि निदाउँदैनन् भरे मेरा आँखा । धनराज पाण्डेय अभागी कान्छो टिकापुर कैलाली 9730422948

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...