Tuesday, 24 October 2017

गजल अघि बढ्न खोज्छु भिर अाउँछ अाखै अघि तिम्रो तस्बिर अाउँछ म पत्थर हो ढोग्दै ढोग्दिन भन्छु फेरि पाइलै पिच्छे मन्दिर अाउछ हत्या गरेकै हुनुपर्छ पैतला भेटियो खोज पक्कै कतै तिर शिर अाउछ खालि पेट हुदा कतै पानी भेटिदैन अघाएको बेला चाहिँ खिर अाउछ यो साल गयो त के भयो अाखिर हाम्रो लागि अर्को मङ्सिर अाउछ लक्ष्मी श्रेष्ठ क्षत्रपा 2 दोलखा

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...