Wednesday, 13 December 2017

गजल
गजब  छ हजुरले  दिएको  पहरा  मलाई
बनाउनु भो आफु शिकारी हुँदै चरा मलाई ।

साँच्चै तिमी के सोच्दछ्यौ मनमा भएको बताउ
पक्का पक्की तिमी लाग्दछ्यौ सधै अप्सरा मलाई ।

घुम्ने चाहना छ संसार भरी नै कति हो कति
समय  तँ  नआइदे  ल्याएर  पिजरा मलाई ।

चाहन्न म तिमीसँग होडबाजी गर्न कहिल्यै
सके पठाइदिनु थोरै माया निखरा मलाई ।

मैले सुतेर सुन्दर सपना देख्नु छ मज्जाले
यताउती फर्काएर  नसता विस्तरा  मलाई ।

पहरा= चौकीदारी, ड्युटी
निखरा= शुद्ध ,पवित्र

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...