गजल
तिमिसँग मायाजाल बुन्न मन छ अब
र हरपल तिम्रै बाेलि सुन्न मन छ अब
घृणा नगर्नु ! मायामा रमाउ भन्छु ,यहाँ
घात हाेइन गुन लगाएर गुन्न मन छ अब
बिश्वास गरि याे दिलमा प्रवेश गर्दा तिमी
स्वागत गर्दै फुलमाला उन्न मन छ अब
चुलबुट्टे पछ्याैरिमा सजिएकाे देख्दा त
त्यै पछ्याैरिकाेे,तुनाले तुन्न मन छ अब
साच्चै मनदेखि नै चिनेपछि तिमिलाई
कसम ,, जीवनसाथि चुन्न मन छ अब
@@ Zeeten Kunwar
No comments:
Post a Comment