गजल
हुन्छ आजभोली हार यहाँ प्रेम गरेर
बदनामी चोखो प्यार यहाँ प्रेम गरेर
प्रेमको गीत गाउदै हिड्छौ सधै तिमि
खुसी मिल्यो अत्याचार यहाँ प्रेम गरेर
सुबास दिनु नराम्रो नबन्नु कसैको पनि
नहुने रहेछ केही साकार यहाँ प्रेम गरेर
दिललाई छिया पारी बाचेरहे दुखी हुँदै
आँसु भो जिउने आधार यहाँ प्रेम गरेर
शिशिर अनुराग
<अनुराग बाबू>
स्वर्गद्वारी नगरपालिका
८ प्युठान
No comments:
Post a Comment