Wednesday, 13 December 2017

गजल

चहैं चहै झलुङ्गाेमा झुलाएकाे याद अायाे ।।
कत्ति रुन्थे अामा तिम्ले भुलाएकाे याद अायाे ।।

नखाएर केहि पनि कत्ति सताउथे तिम्लाई ।
काेखाई काेखाई हाम्म भन्दै खुलाएकाे याद अायाे ।।

मेलापात घाँस दाउरा मेलापात गर्दा मलाई बाेकी ।
अाफ्नै काखमा च्यापि सधै डुलाएकाे याद अायाे ।।

सानाे थिए अबुझ थिए र त बालक थिए अामा ।
अन्जानैमा तिम्लाई मैले रुलाएकाे याद अायाे ।।

अादित्य अधिकारी
देवचुली -१६
रजहर-१ न. प .

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...