गजल
हावाबाट बिजुली बत्ति बलाउने भयो।
पानी देखि जहाज पनि चढाउने भयो।।
बिकाशको नाउमा जनतालाई भ्रम पार्दै।
राष्ट्रको ढुकुटी सबै सकाउने भयो।।
त्यो सधै नै चल्दै आएको प्रम्प्ररा।
छिट्टै देशमा बिकास गराउने भयो।।
आतंक मच्चिएको शहर तिर अब।
डाडागिरी लुटपाट यहि हराउने भयो।।
भन्न सजिलो हुन्छ गरेर देखाउनु पर्यो।
महँगि बढाएर गरिबलाई मराउने भयो
श्याम कुमार क्षेत्री मुस्कान
नौ बहिनी गाउँ पालिका ८ प्युठान
हाल दक्षिण दिल्ली भारत
No comments:
Post a Comment