Thursday, 2 November 2017

गजल अाँउ कसरि भनु तिमि अाउदिन भनेपछि । कति पर्खु तिमि समय पाउदिन भनेपछि । रँगि बिरँगि फुल वारिमा फुलाएकाे थिए । सुकेरगए तिमिले सजाउदिन भनेपछि । अाफ्नै मुटुकाे रगतले मैले गजल लेखे । पाना च्याते तिमिले गाउदिन भनेपछि । लेक वेशि गर्दै हिडे पागल जस्तै म । क्षितिज पारिछु तिमिले धाउदिन भनेपछि । मुटु हुनेलाई थाहा हुन्छ बिछाेडकाे वेदना । रुदैछु प्रिया तिमिले माया लाउदिन भनेपछि । डम्बर सिँह बम बाेगटान गाउँ पालसका ७ चनुकाडा

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...