Tuesday, 24 October 2017
गजल
====
आजकाल् यस्तो गद्दारि बढेको देख्छु
मानव बाटै मानवता हटेको देख्छु
कत्ति सम्म निर्दयी छ दुनियाँ अचेल्
छोरा खान्छ बाउ भोकै बसेको देख्छु
आफ्नो बिरानो चिन्दैन पापी धनले
तेरो मेरो भन्दै भाईभाई लडेको देख्छु
कस्तो चलन पिरतिको सकिएन बुझ्न
मायाले नै मायालाई छलेको देख्छु
नगर्नु बिश्वास कसैले कसैलाई हजुर
आफन्त बाटै आफन्त ठगेको देख्छु
बिकेन्द्र सहयात्री
ओखलढुंगा
Subscribe to:
Post Comments (Atom)
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जु...
-
_____________गजल______________ धनिलाई धनकै चिन्ता, चोरी होला भन्ने डर! गरिबलाई केवल दैव अघोरी होला भन्ने डर! चुनाव अगावै शोक मग्न देखिए...
-
गजल . तिङसे तिङरी थुर्बा माया लाआखाम्जी ङाई केवा² एलान पाङसी ग्रान चाआखाम्जी ङाई . तिन्मा छ्याम्नोन ब्राबा नाम्साबासे म्राङबा मुला फेमा तिनी...
No comments:
Post a Comment